सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने

 मंसिर १०, २०८१ सोमबार ८:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

यस्तै चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । भन्सार महसुल दर घटेसँगै अब बजारमा सुन र चाँदीको मूल्य घट्नेछ । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया