नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ ।
इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविरामको प्रस्ताव गरिएको बीबीसीले जनाएको छ । युद्धविरामको प्रस्तावमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविराम सम्झौताको नजिक पुगेको तर अझै पूर्ण विश्वस्त भने नरहेको बताउनुभएको छ । लेबनानको दीर्घकालीन सहयोगी मानिएका अमेरिका र फ्रान्सले युद्धविरामको लागि लामो समयदेखि प्रयास गरिरहेका छन् ।
युद्धविराम र यसको अनुगमन गर्न अमेरिकाको अध्यक्षतामा पाँच–देशीय समिति गठन भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैद्धान्तिक रूपमा सम्झौतामा सहमत भएको खबरमा उल्लेख छ । लेबनानी संसदका उपसभामुख इलियास बो साबले पनि युद्धविराममा कुनै गम्भीर अवरोधहरू नरहेका बताउनुभएको छ ।
अस्ति आइतवारको पछिल्लो विवरण अनुसार लेबनानबाट इजरायलमा झण्डै दुई सय ५० वटा क्षेप्यास्त्र प्रक्षेपण भएका थिए । धेरैजसो इजरायलले रोकेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।