च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
पर्थमा हारको बाबजुद अस्ट्रेलियाले भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा पनि त्यही टोलीलाई खेलाउने भएको छ ।
अस्ट्रेलिया क्रिकेट टिमका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले पर्थमा २ सय ९५ रले पराजित भए पनि दोस्रो टेस्टका लागि पनि पहिलो टेस्ट टोलीका १३ जनालाई नै राख्ने पुष्टि गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । तर पर्थमा भारतसँगको लज्जास्पद हारपछि मिचेल मार्सको फिटनेसलाई लिएर प्रशिक्षक चिन्तित भएका खबरमा उल्लेख छ ।
एडिलेडमा हुने दोस्रो टेस्टका लागि अस्ट्रेलियाका प्रशिक्षकले उही ११ जनालाई खेलाउँछन् या टोलीमा रहेका जोश इङ्ग्लिसलाई विशेष ब्याटरका रूपमा स्थान दिन्छन् भन्ने दबाब छ ।
पर्थमा भएको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचेको थियो । अस्ट्रेलियाले पर्थमा पहिलो पटक टेस्ट क्रिकेटमा हार बेहोरेको हो ।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको बोर्डर गभास्कर शृङ्खलाको दोस्रो खेल आउँदो डिसेम्बर ६ देखि एडिलेडमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।