एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा 'लाउडस्पिकर' युद्ध बढ्दा राति सुत्नसमेत नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सीमावारि र पारि बस्नेहरू दुई देशका सेनाहरूले चर्को कर्कश आवाज निकालेर बजाउने लाउडस्पिकरका कारण पीडित भएका हुन् ।
बीबीसीले गरेको स्थलगत रिपोर्टिङमा उत्तर र दक्षिण दुवै कोरियाका बासिन्दाले चर्को आवाजका कारण हैरान भएको बताएका छन् । केही महिनादेखि दुई कोरियाबीच बढेको सैन्य तनावसँगै सीमावर्ती क्षेत्रमा चर्को आवाज निकाल्ने क्रम पनि बढेको छ ।
केही समयअघि दक्षिण कोरियाली भू–भागबाट 'बलून' मा राखेर उत्तर कोरिायली नेता किम जङ अनको विरोध गर्दै छापिएका पर्चासहितका सामग्री उत्तरपट्टि पठाइएको थियो । यस्तै दक्षिणका सेनाले सीमापारि बस्ने मानिसले सुन्ने गरी चर्को आवाजमा लाउडस्पिकरबाट विभिन्न सन्देशहरू बजाउन थालेपछि उत्तर कोरियाले त्यही शैलीमा जवाफ दिन थालेको हो ।
दक्षिण कोरियाले यसअघि पनि चर्को आवाजमा बजाउने गरेकोमा उत्तर कोरियाले भने पहिलो पटक चर्को आवाजमा लाउडस्पिकर बजाएको बीबीसीले जनाएको छ । चर्को आवाज १० किलोमिटर टाढासम्म पुग्छ ।
सीमावर्ती क्षेत्रका बासिन्दाले चौबिसै घण्टा निस्किने चर्को कर्कश आवाजबाट आफू निदाउन नसकेको र बिरामी पर्न थालेको बताएका छन् । सन् १९४५ देखि १९५४ सम्म चलेको युद्धबाट २० लाख जनाभन्दा धेरै मानिस गुमाएका उत्तर र दक्षिण कोरिया युद्ध सकिएको वर्षाैँसम्म पनि हतियारविना विभिन्न तरिकाबाट लडिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।