सुन बिक्रीको 'सिन्डिकेट' हटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

 मंसिर १२, २०८१ बुधबार १५:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले वाणिज्य बैंकहरूले आयात गर्ने सुन बिक्रीमा हुँदै आएको 'सिन्डिकेट' हटाउन अन्तरिम आदेश दिएको छ ।

सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने व्यवस्थाका विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासलले अन्तरिम आदेश दिएको हो । अब सदस्य नभएका व्यवसायीहरूले पनि सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न पाउनेछन् ।

सर्वोच्चले राष्ट्र बैंकको नाममा जारी गरेको अन्तरिम आदेशमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ ले तोकेको अरू कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूलाई सङ्घ–सङ्गठनमा आबद्ध नभए पनि सुन खरिद गर्न नरोक्न भनेको छ ।

यसअघि सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने र नभएको अवस्थामा सुन नपाइने अवस्था थियो । यही व्यवस्थाविरुद्ध श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियार प्राप्त सागर ढुङ्गानाले रिट दायर गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया