नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ

रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने

 मंसिर १२, २०८१ बुधबार १५:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।

सातदोबाटोमा रहेको बोर्डको कार्यालयमा आज कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउनुभएको हो । उहाँले धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले पूँजीबजार (शेयर बजार) मा रहेका समस्याको समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । शेयर बजारले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै उहाँले त्यसको सदुपयोग गर्र्न कोशिश गर्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने पनि बताउनुभयो । उहाँले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया