विरोध कार्यक्रममा हिँडेका शिक्षकलाई प्रशासनले रोक्यो

 मंसिर १४, २०७५ शुक्रबार १२:४७:२ | किरण लोहनी
unn.prixa.net

गोरखा – काठमाडौंमा हुने विरोधसभामा सहभागी हुन हिँडेका गोरखाका शिक्षकहरुलाई स्थानीय प्रशाासनले जिल्लाबाट बाहिरिन रोक लगाएको छ । युनिभर्सल पिस फेडेरेशनको आयोजनामा शुक्रबारदेखि भैरहेको कार्यक्रममा बाधा पुग्न सक्ने भन्दै कार्यक्रममा जान रोक लगाइएको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष धु्रव भट्टले बताउनुभयो ।

महासंघको नेतृत्वमा करिब २ सय शिक्षक केन्द्रीय विरोध कार्यक्रममा सहभागी काठमाडौं हिँडेका थिए । उनीहरुले रिजर्भ गरेको बस जिल्ला बाहिरिने नाका मझुवा देउरालीमा रोकिएको हो । ‘हामीले शान्तिपूर्ण कार्यक्रममा भाग लिन जान लागेको, यो हाम्रो अधिकार हो भनिरहेका छौँ’ भट्टले भन्नुभयो, ‘उहाँहरुले जान दिनुभएन ।’

विदेशी विशिष्ट पाहुनाहरुकोसमेत सहभागीतामा काठमाडौंमा हुन लागेको सम्मेलनमा शिक्षकहरुको विरोध कार्यक्रमले प्रभाव पार्ने भएकाले रोक्नु परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । ‘हामीलाई गृह मन्त्रालयले नै निर्देशन दिएको हो, उहाँहरुलाई कन्भिन्स गराएरै रोक्न खोजेका छौं, बल प्रयोग गरेका छैनौं’ उहाँले भन्नुभयो ।

नेपाल शिक्षक महासंघको घोषित तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौंको वानेश्वरमा विरोधसभा हुँदैछ । विभिन्न २६ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले घोषणा गरेको तेस्रो चरणको धर्ना तथा विरोध कार्यक्रममा नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरूले सहभागीता जनाउन लागेका हुन् ।

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौताको कार्यान्वयन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएको भएको नेपाल शिक्षक महासंघ गोरखाका अध्यक्ष ध्रव भट्टले बताउनुभयो ।  यसअघि भएका दुई चरणका आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको लिखित सहमतिहरू कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्नुपरेको उहाँको भनाई छ ।

विज्ञापन गरेर पनि पटक पटक स्थगित गरिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोकेर अबिलम्ब परीक्षा लिनुपर्ने, स्थानीय तहबाट आफू खुशी बनेका कार्यविधि, नियमावली, तथा ऐनको कार्यान्वयन प्रादेशिक र संघीय ऐन बनेपछि मात्रै गर्नुपर्नेलगायतका माग महासंघले राखेको छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया