एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री एवम् नेकपा एमालेका प्रदेश सभा सदस्य लीलावल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दरपीठ भएको छ ।
अधिकारीलाई काठमाण्डाै जिल्ला अदालत सरकारी वकिलको कार्यालयले दिएको उन्मुक्ति बदर गरी मुद्दा चलाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेश गरे पनि सर्वोच्च प्रशासनले आज रिट दरपीठ अर्थात् दर्ता गर्न अस्वीकार गरेको हो । रिट निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिनुभएको हो ।
गिरोहमार्फत अवैध तरिकाले जापान गएका एमालेका प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री अधिकारीसँग जोडिएका अरूलाई मुद्दा चलाउन सिफारिश भए पनि उहाँलाई भने उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । प्रहरीको अनुसन्धानमा सत्ताको छाया परिरहेको प्रहरीका पूर्वअधिकृतहरूले भन्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।