कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको चुनावको नतिजा सार्वजनिक हुन थालेको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्षमा चुनाव भएकोमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र धेरै वडाहरुको नतिजा आइसकेको छ । वडाहरुको नतिजामा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि भएको चुनावको मतगणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी र जाजरकोटको नलगाड उपमहानगरपालिकाको उपमेयरमा माओवादीले अग्रता लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।