अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी

 मंसिर १७, २०८१ सोमबार १२:४५:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ । आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै उहाँको आलोचना भएको बीबीसीले जनाएको छ ।

बाइडेनले यसअघि छोरा हन्टरलाई माफी नदिने तर सजाय भने घटाउने बताउँदै आउनुभएको थियो । हन्टर डेलावेयर र क्यालिफोर्नियामा रहेका दुई वटा मुद्दामा दोषी ठहर भएका थिए । सन् २०१४ देखि विभिन्न मुद्दा खेपेका हन्टरले सन् २०२० देखि गम्भीर मुद्दाको सामना गरेका थिए ।

उनीविरुद्धका मुद्दामा राष्ट्रपति बाइडेनले हस्तक्षेप गर्ने र माफी दिने आशङ्का यसअघिदेखि गरिँदै आएकोमा बाइडेनले आफूले परिवारको बचाउका लागि शक्तिको दुरुपयोग नगर्ने दाबी गर्नुभएको थियो । तर आज बाइडेनले हन्टरलाई माफीको घोषणा गर्दै उनीविरुद्धको फैसला राजनीतिक प्रतिशोधका रूपमा आएको बताउनुभएको छ ।

अमेरिकामा अदालतले गरेको फैसला राष्ट्रपतिले उल्ट्याउन सक्ने व्यवस्था छ ।

यसैबीच अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टरलाई माफी दिएकोमा न्यायको स्पष्ट दुरुपयोग भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले हन्टरलाई माफी दिने हो भने अमेरिकी संसद् भवनमा जवनरी ६ मा भएको दङ्गामा सहभागी वर्षाैंदेखि जेलमा रहेकाहरूलाई पनि माफी दिनुपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया