सुनको भाउ दुई दिनमा तीन हजार रुपैयाँले बढ्यो
माघ ९, २०८१ बुधबार
दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ । मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका अरु तीन सयभन्दा बढी सङ्क्रमित रहेका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली पठाएको मन्त्रालयको भनाइ छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र महामारीजन्य रोग फैलिएकाले अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । पान्जी ग्रामीण स्वास्थ्य क्षेत्र भएकाले औषधिको आपूर्तिमा पनि समस्या छ ।
विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) अफ्रिका क्षेत्रका एक अधिकारीले प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएका छन् ।
डब्ल्यूएचओले नागरिकहरुलाई नआत्तिन तथा सचेत र सतर्क रहन आग्रह गरेको छ । यसअघिदेखि नै मध्य अफ्रिकी देशले एमपक्स र कङ्गोले इबोला लगायतका गम्भीर प्रकोपको सामना गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।