प्रधानमन्त्री बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्सको सरकार विघटन

 मंसिर २०, २०८१ बिहीबार ९:४१:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरले विश्वासको मत पाउन नसकेपछि त्यहाँको सरकार विघटन भएको छ । हिजो संसदमा भएको मतदानमा प्रधानमन्त्री बार्नियर विश्वासको मत पाउन असफल हुनुभएको हो ।

मतदान बिना नै बजेट पास गर्न खोजेपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सन् १९६२ पछि फ्रान्सेली सरकार अविश्वासको प्रस्तावका कारण पराजित भएको यो पहिलो पटक हो ।

गएको सोमवार उहाँविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । बार्नियरको विश्वासको मत पाउन नसकेसँगै फ्रान्स नयाँ राजनीतिक सङ्कटमा पुगेको छ । त्यहाँको संसदमा कुनै पनि दलको बहुमत छैन । 
 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया