दक्षिण कोरियाका रक्षामन्त्री किमको राजीनामा स्वीकृत

 मंसिर २०, २०८१ बिहीबार १२:४६:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गर्नुभएको छ । रक्षामन्त्री किमले नै राष्ट्रपतिलाई सैनिक शासन लागू गर्न सुझाव दिनुभएको थियो ।

किम योङ ह्युनले आज राजीनामा दिँदै सम्पूर्ण घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको बीबीसीले जनाएको छ । किम योङ–ह्युन एक सेवानिवृत्त सेना जनरल हुनुहुन्थ्यो ।

राष्ट्रपति युन र उहाँले एउटै विद्यालयमा पढेका खबरमा उल्लेख छ । यसअघि रक्षा मन्त्री किमले उत्तर कोरियाविरुद्ध कडा अडान लिएर संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गर्नुभएको थियो ।

विपक्षी डेमोक्रेटिक पार्टीले किम योङ ह्युनलाई देशद्रोहको आरोपमा महाभियोग लगाउनसमेत माग गरेको छ । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् ।

राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गर्नुभएको थियो । तर त्यसको केही घण्टामा नै उहाँले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया