उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधाका लागि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

 मंसिर २०, २०८१ बिहीबार १२:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलन यही मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल इन्टरनेशनल एडीआर सेन्टरको आयोजनामा चार दिनसम्म चल्ने सम्मेलनको नारा ‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडीआरको भूमिका’ रहेको संस्थाका महासचिव वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा जापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायत झण्डै १६ देशका वक्ताहरुको सहभागिता रहने छ ।

कार्यक्रममा करारसम्बन्धी विवाद, विकास निर्माण र लगानीसम्बन्धी विवाद, संयुक्त राष्ट्रसङ्घका मोडल कानूनसम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलापसम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।  
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया