सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो

 मंसिर २०, २०८१ बिहीबार १५:२३:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जना नागरिकको ज्यान गएको छ । आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको ज्यान गएको डार्फर क्षेत्रका गभर्नरले मिन्नी मिनावीले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र २० जना घाइते भएका  गभर्नर  मिनावीले बताउनुभएको छ । उहाँले हिजो भएको आक्रमण पूर्ण आपराधिक कार्य भएको भन्दै स्वतन्त्र छानविनको लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएकोछ । उहाँले अन्तर्राष्ट्रिय समुदाय र मानवीय सङ्गठनहरूलाई अपराधको दस्तावेजीकरण गर्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अनुसन्धान टोली पठाउन आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।

आरएसएफले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । गएको वर्षको अप्रिलदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच द्वन्द्व भइरहेको छ । पछिल्लो द्धन्दमा मात्रै २७ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । १४ लाख जना मानिस विस्थापित भएका छन् । 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया