एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताउनुभएको हो ।
काठमाण्डौमा हिजो पत्रकारहरुसँग भएको भेटमा उहाँले विपिन छिट्टै काठमाण्डौ फर्किने विश्वास व्यक्त गर्नुभयो । विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको उहाँको भनाइ छ ।
हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरिएको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो । विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताउनुभयो ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ । युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।