रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायाे

 मंसिर २४, २०८१ सोमबार १५:१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट विरगञ्ज पुर्‍याएको छ । सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पर्साबाट पक्राउ पूर्जी जारी भएकाले लामिछानेलाई आज पर्साको विरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले चितवन र रुपन्देहीसमेत लगेर बयान लिइसकेको छ । हिजो जिल्ला अदालत कास्कीले लामिछानेलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न छैटौं पटक म्याद थप गरेको छ ।

लामिछानेलाई गैरकानूनी हिरासतमा राखेको, रातिको १२ बजे चितवनबाट पोखरा पुर्‍याएको, आफन्त भेट गर्न नदिएको, बिरामी हुँदा अस्पताल जान नदिएको लगायतका अमानवीय व्यवहार भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी पनि दिएको छ ।  

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया