रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
युक्रेनले पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका बताएको छ ।
डिसेम्बर १४ र १५ तारिखमा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँ नजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको युक्रेनको सैन्य गुप्तचर निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यस्तै कम्तीमा तीन जना उत्तर कोरियाली सैनिक कुर्स्कको कुरिलोभ्का गाउँ वरिपरि बेपत्ता भएका खबरमा उल्लेख छ ।
उत्तर कोरियाबाट हजारौं सैनिक कुर्स्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रुसी सेनालाई सहयोग गर्न आएका छन् । यसै वर्षको गृष्मयाममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रुसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।
रुसलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’ हरू भरिएका र यसमा उत्तर कोरियाली सेना पनि रहेका खबरमा उल्लेख छ ।
रुसले आफ्ना सेनालाई कुर्स्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय सङ्ख्यामा’ तैनाथ गर्न थालेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।