एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
पुस ३, २०८१ बुधबार
क्यानडाले नयाँ सीमा नियमको घोषणा गरेको छ । यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिनेछ । नयाँ नियमले सीमा निगरानीलाई मजबुत बनाउने र सङ्गठित अपराध नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले हालै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाको पछिल्लो घोषणा सार्वजनिक भएको हो ।
ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको बताउदै आउनुभएको छ । अर्थशास्त्रीहरूले ट्रम्पको घोषणाले क्यानाडाको अर्थतन्त्रलाई धक्का दिन सक्ने बताएका छन् ।
यसअघि ट्रम्पले लगाउन सक्ने करको मुद्दामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उपप्रधान तथा अर्थमन्त्री फ्रिल्यान्डबीच मतभेद हुँदै आएकामा हिजो फ्रिल्यान्डले राजीनामा दिनुभएको थियो । त्यसपछि विपक्षीले प्रधानमन्त्री ट्रुडोलाई पनि पदबाट हट्न दबाब दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।