भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुग्यो

 पुष ३, २०८१ बुधबार १२:१०:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् ।

उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजीमा व्यस्त छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ । भूकम्पका कारण सयौं भवन ध्वस्त भएका छन् ।

भानुआतु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ । भानुआतु दक्षिण प्रशान्त क्षेत्रमा ८० वटा साना टापुहरू भएको देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा रहेको छ ।

भानुआतुलाई भूकम्प लगायत अरू प्राकृतिक प्रकोपको जोखिक क्षेत्र मानिन्छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया