जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
विज्ञहरूले भारतको दिल्लीमा रहेको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा खतरनाक अवस्थामा रहेको चेतावनी दिएका छन् । एअर टेक्नोलोजी कम्पनी आईक्यू एअरका ग्लोबल प्रमुख कार्यकारी फ्रान्क ह्याम्सले अहिले दिल्लीमा रहेको विषाक्त हावाको प्रभाव कोभिड–१९ महामारीको तुलनामा जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
अहिले दिल्लीको वायु प्रदूषण मापन सूचक एक्यूआई पाँच सय ८१ छ । यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको सुरक्षित अवस्थाभन्दा १५ गुणाभन्दा धेरै हो । डब्ल्यूएचओका अनुसार एक्यूआई ४० सम्म हुनु सुरक्षित हुन्छ । तर दिल्लीमा त्यसको ३५ गुणासम्म पुग्ने गरेको छ । एक्यूआई तीन सय भन्दामाथि पुग्नुलाई घातक मानिन्छ । यो अवस्था दिल्लीमा लामो समयदेखि छ ।
लगातार महिना दिनभन्दा बढी समय खराब हावा भइरहनु स्वास्थ्यका लागि अत्यन्तै जोखिमपूर्ण हुने आईक्यू एअरका कार्यकारी ह्याम्सले बताउनुभएको छ ।
अहिले दिल्लीका बासिन्दालाई श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र घाँटीमा चिलाउने समस्या अत्यधिक देखिएको छ । सरकारले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन भनेको छ । तर यो उपाय छोटो अवधिमा हुने समस्याका लागि भए पनि दिल्लीमा लामो समय प्रदूषण भइरहेकोले अरू उपाय नखोजे अवस्था भयावह हुने विज्ञहरूले चेतावनी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।