प्यालेस्टाइनी शिविरमा इजरायलले गरेको आक्रमणमा १५ जनाको ज्यान गयो
पुस ५, २०८१ शुक्रबार
काठमाण्डौ – बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन दुवै देश सहमत भएको बताउनुभएको छ । यो कदमले भारतसँगको बङ्गलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको बीबीसीले लेखेको छ ।
पाकिस्तान र बङ्गलादेश सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका राष्ट्र हुन् । त्यसपछि बङ्गलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँ दिल्लीसँगको सम्बन्ध बिग्रिएको छ ।
इजिप्टमा एक सम्मेलनका क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र बङ्गलादेशका अन्तरिम नेता युनुसबीच भेट वार्ता भएको हो । वार्ताका क्रममा सन् १९७१ को युद्धका बेलादेखि बाँकी रहेका गुनासोहरू समाधान गर्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ ।
भेटवार्तापछि युनुसको कार्यालयबाट आएको विज्ञप्तिमा दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका उल्लेख छ ।
दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग सङ्गठनको कायरो शिखर सम्मेलनमा भाग लिइरहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।