प्यालेस्टाइनी शिविरमा इजरायलले गरेको आक्रमणमा १५ जनाको ज्यान गयो

 पुष ५, २०८१ शुक्रबार १२:२१:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा इजरायलले गरेकाे आक्रमणमा १५ जनाको ज्यान गएको छ । शिविर रहेको दुई वटा विद्यालयमा भएको आक्रमणमा अरू ३० जना घाइते भएका छन् ।

यस्तै गाजा, रफाह, वेस्ट बैंकलगायतका क्षेत्रमा पनि इजरायलले निरन्तर आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । प्यालेस्टाइनमा राहत वितरणमा अवरोध पनि भइरहेको छ ।

इजरायलमा आक्रमण नरोकिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट चौतर्फी आक्रोश र आलोचना व्यक्त भएको छ । प्यालेस्टाइनमा राहत वितरणमा अवरोध भएको विषयमा संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय अदालतमा धारणा बुझ्ने पक्षमा मतदान हुने खबरमा उल्लेख छ ।

यस्तै अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टाेनी ब्लिन्केनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र इजरायलबीचको सम्बन्ध सामान्य बनाउने विषयलाई चासो दिने अपेक्षा गरेको बताउनुभएको छ ।

साउदी अरेबियासँग अमेरिकाको वार्ता भएकाले अर्को चरणमा इजरायलसँगको सहकार्य र मध्यपूर्वको समस्या समाधानका लागि पहल अति आवश्यक भएको ब्लिन्केनले बताउनुभयो ।

इजरायलले यो आक्रमण जारी राखेकै समयमा इजरायलमाथि प्रतिबन्ध लगाउन स्पेनमा समेत दबाब परेको छ । त्यहाँका चार प्रमुख दलले सरकारलाई इजरायलमाथिको प्रतिबन्धका लागि पहल गर्न दबाव दिएका हुन् ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया