दरबारमार्गमा युवकमाथि कुटपिट गरेकाे आराेपमा तरूण दलका नेता...
पुस ७, २०८१ आइतबार
ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेकाे ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट सडकमा झरेको थियो । गुडिरहको बस त्यही ग्रेनाइटमा चिप्लिएर ट्रकसँग ठोक्किएको थियो । जसमा एउटा कार पनि थिचिएको थियो ।
कारमा रहेका एक जना र ट्रक तथा बसका ३७ जनाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कारमा आगलागी हुँदा बस र ट्रकसमेत जलेका छन् । ज्यान गुमाउनेमध्ये धेरैजना आगलागीमा परेकाहरु रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।