दरबारमार्गमा युवकमाथि कुटपिट गरेकाे आराेपमा तरूण दलका नेतासहित ८ जना पक्राउ

 पुष ७, २०८१ आइतबार १५:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – काठमाण्डाैको दरबारमार्गमा एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित आठ जनालाई पक्राउ गरेको छ ।

हिजो बिहान दरबारमार्गकाे एक बारमा बैतडी घर भई काठमाण्डाैकाे नैकाप बस्ने ३६ वर्षीय रमेश भट्टमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धानका क्रममा गुण्डागर्दी गर्ने समूहको पहिचान भएपछि आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ पर्नेमा प्रमुख व्यक्ति कुलध्वज तामाङ छन् । काभ्रेको रोशी गाउँपालिका–४ घर भई काठमाण्डैकाे सुन्दरटोल बस्ने ३५ वर्षीय तामाङ तरूण दलका केन्द्रीय सदस्य हुन् ।

तामाङविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने उनी २०७२ मा डाँका–चोरी मुद्दामा पनि ११ महिना धुलिखेल कारागारमा बसेर छुटेका थिए ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया