नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार, मङ्सिरमा ३८ महिनायताकै उच्च निर्यात

 पुष ७, २०८१ आइतबार १८:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक व्यापार चार दशमलव २१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्कानुसार यस वर्षकाे साउनदेखि मङ्सिर मसान्तसम्ममा सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार भएका थियो ।

यस वर्ष आयात र निर्यात दुवै बढेको छ । साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार घटिरहेकोमा पछिल्ला दुई महिनामा उल्लेखनीय बढेको विभागको तथ्याङ्कले देखाएको छ । मङ्सिर महिनामा पछिल्लो ३८ महिनायताकै उच्च अर्थात् झन्डै २१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भन्सार विभागकाअनुसार मङ्सिर महिनामा मात्रै झन्डै डेढ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । आयात बढे पनि ठूलो हिस्सा हुने पेट्रोलियम पदार्थमा भने गएको वर्षको तुलनामा डिजल २१ प्रतिशत र पेट्रोल सात प्रतिशतले कम आयात भएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया