ब्राजिलमा भएको विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गयो

 पुष ८, २०८१ सोमबार ९:०:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।

विमान बस्तीमा खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ । दुर्घटनामा विमान बाहिर रहेका १७ जना घाइते भएका रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।

खराब मौसमकाबीच विमानले उडान भरेको थियो । विमान तीन किलोमिटर उडेपछि हिजो मानव बस्तीमा खसेको थियो । विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय शहर क्यानेलाबाट उडेको थियो ।

ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक शहर हो, जहाँ क्रिसमसमा पर्यटकहरूको उल्लेखनीय उपस्थिति हुन्छ ।
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया