रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल

 पुष ८, २०८१ सोमबार ११:५२:१२ | रासस
unn.prixa.net

रसुवा – उत्तरी रसुवाको टिमुरेमा रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को  तातोपानीमा रहेको भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट विद्युत गृह निर्माण गरिएको  छ ।

विद्युत् गृहमा जडित  ३३/३३ मेगावाट क्षमताको तीनवटा उपकरणबाट विद्युत् उत्पादन हुने छ । अहिले चिसोयाम परेका कारण खोलामा पानीको बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत्  उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । तीनवटै युनिट चालु गराइ सकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत्  उत्पादन हुने उहाँले बताउनुभयो ।

यो आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाख रुपैयाँ रहेको छ । रसुवागढी जलविद्युतले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी  गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जल विद्युत् कम्पनीमार्फत यो आयोजना निर्माण भएको हो ।

चिलिमे जल विद्युत् केन्द्रलाई धितो राखेर कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकायसमेतको शेयर लगानीमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया