रुसमा दुई वटा ट्याङ्करको तेल चुहिँदा दुई लाख टन माटो प्रदूषित

 पुष ९, २०८१ मंगलबार १२:४८:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसको दक्षिणी तटमा दुई वटा क्षतिग्रस्त ट्याङ्करबाट चुहिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको रुसका प्राकृतिक स्रोतमन्त्रीले जानकारी गराउनुभएको छ । डिसेम्बर १५ तारिखमा दुई वटा रुसी तेल ट्याङ्कर आँधीबेहरीका कारण पल्टिएका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।

रुसी अधिकारीहरूका अनुसार दुई वटा जहाजमा नौ हजार दुई सय टन इन्धन तेल थियो । त्यसमध्ये झन्डै ४० प्रतिशत समुद्रमा र बाँकी तटीय क्षेत्रमा चुहिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई पर्यावरणीय विपत्ति भन्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । कैयौं किलोमिटरको समुद्री तटमा इन्धन तेल फेला परेको छ । तेलले समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको छ ।

हिजो बेलुकासम्म सबैजसो तटीय क्षेत्र सफा गरिसकेको रुसी अधिकारीहरूले बताएका छन् ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया