ललितपुरको क्याफेमा सामान्य विवादमा २३ वर्षीय युवकको हत्या

 पुष ९, २०८१ मंगलबार १५:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – सुनसरीको इटहरी घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय नयन गुरुङको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा घर भएको २६ वर्षीय हेमराज भट्ट रहेका प्रहरीले जनाएको छ ।

भट्ट ललितपुर महानगरपालिका–९ च्यासलमा रहेको टाउन अफ क्याफेका कार्यरत थिए । उनले त्यही क्याफेमा आएका गुरुङलाई  विवादका क्रममा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा बीएन्डबी अस्पताल ग्वार्काेमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि क्याफेका सञ्चालक र क्याफेका कुकलाई पनि पक्राउ गरेको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया