टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गयो

 पुष ९, २०८१ मंगलबार १८:३०:८ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार जना घाइते भएका बीबीसीले जनाएको छ ।

बालिकेसिर शहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा क्याप्सुल उत्पादन गर्ने क्षेत्रमा विस्फोट भएको बताउनुभएको छ ।

टर्किएका आन्तरिक मन्त्री अली येर्लिकायाले विस्फोटको कारण अझै स्पष्ट नभएको तर अधिकारीहरूले कुनै प्रकारको षड्यन्त्रको आशङ्का गरेका खबरमा उल्लेख छ ।

विस्फोटपछि लागेको आगो निभाउनका लागि धेरै दमकल र स्वास्थ्य तथा सुरक्षा इकाइहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् ।

न्यायमन्त्री यिलमाज टुन्चले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको बताउनुभएको छ ।

अधिकारीहरूले विस्फोटको समयमा भवनभित्र कति जना मानिस थिए भन्नेबारे काम शुरू गरेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया