नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र नारा सार्व...
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नुपर्ने अवस्था नरहने बताउनुभएको छ ।
आज तनहुँको भानु नगर महोत्सव समारोहमा अध्यक्ष ढकालले स्वदेशी पूँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब रुपैयाँ पूँजीको लगानी कम्पनीसमेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गर्नुभएको हो । नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरूलाई उहाँले आग्रह गर्नुभयो ।
महासङ्घको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानून सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सिर्जना भइरहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । पर्यटक आगमन बढिरहेको, रेमिटेन्समार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैंकिग क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको उहाँकाे भनाइ थियो ।
भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामनासमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।