इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटनामा परेको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना यात्रु बाँच्न सफल भएका र तीमध्ये २२ जनालाई अस्पताल लगिएको काजाकस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा परेको विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । विमान अक्ताउ शहर नजिकै खसेपछि आगलागी भएको खबरमा उल्लेख छ । अहिले विमानमा लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन् ।
अजरबैजानको राजधानी बाकुबाट रुसकाे ग्राेज्नीतर्फ उडेको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनाबारे अजरबैजान एअरलाइन्सले अहिलेसम्म केही बताएको छैन । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।