दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जनसाङ्ख्यिक सङ्कट

 पुष ११, २०८१ बिहीबार ६:४०:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष पुगेसँगै दक्षिण कोरिया ‘सुपर एज्ड’ अर्थात ‘अति वृद्ध’ समाज बनेको सामाचारसंस्था सीएनएनले जनाएको छ ।

दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार एक करोड दुई लाख जना मानिस ६५ वर्ष वा त्यसभन्दा माथिका छन् । दक्षिण कोरियाको जनसङ्ख्या पाँच करोड १० लाख छ । २० प्रतिशत मानिस बुढ्यौली समूहका रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएसँगै दक्षिण गम्भीर जनसाङ्ख्यिक सङ्कटमा फसेको छ ।

दक्षिण कोरियामा सन् २००८ मा बुढ्यौली उमेर समूहका मानिस कुल जनसङ्ख्याको १० प्रतिशत थिए । सन् २०१९ मा १५ प्रतिशत नाघेकोमा अहिले बढेर २० प्रतिशत पुगेको हो । सन् २०२३ मा दक्षिण कोरियाको जन्मदर शून्य दशमलव ७२ मा झरेको छ । यो विश्वकै सबैभन्दा कम जन्मदर हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार २० प्रतिशत मानिस बुढ्यौली समूहका रहनुलाई जनसाङ्ख्यिक सङ्कट मानिन्छ । डब्ल्यूएचओले सात प्रतिशत नागरिक ६५ वर्ष वा त्योभन्दा बढी उमेरका रहेको देशलाई ‘एजिङ’ समाजको वर्गमा राखेको छ । त्यस्तै, १४ प्रतिशत बुढ्यौली भएमा ‘एज्ड’ र २० प्रतिशतभन्दा धेरै बुढ्यौली भएमा ‘सुपर एज्ड’ समाजमा वर्गीकरण गरेको छ ।

विश्वमा सबैभन्दा पहिले सन् २००६ मा जापान ‘सुपर एज्ड’ समाज बनेको थियो । अहिले विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत मानेर ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका रहेका छन् । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया