पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गयो

 पुष ११, २०८१ बिहीबार १६:३:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । अस्ति मंगलवार र हिजो बुधवार पाकिस्तानका बम वर्षक विमानले चार ठाउँमा आक्रमण गरेका थिए ।

पाकिस्तानी तालिबान (टीटीपी) लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले स्वीकार गरेको छ । तर, अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने बताएको छ । यो क्रूर कार्य सबै अन्तर्राष्ट्रिय सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमीले बताउनुभएको छ ।

अफगानिस्तानको विदेश कार्यालयले काबुलमा रहेको पाकिस्तानका मिसन प्रमुखलाई आक्रमणबारे जवाफ दिन बोलाएको छ । पाकिस्तानको विद्रोही समूह टीटीपीले लामो समयदेखि हत्या र आतङ्क मच्याउँदै आएको छ । यो समूह अफगानिस्तानको तालिवानप्रति पूणै वफादार रहेको छ । यसको घोषित उद्देश्य पाकिस्तानमा इस्लामिक धार्मिक कानून लागू गर्नु हो ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया