उपचारको बहानामा बिरामीको घर पुगेर लुटपाट गर्ने नक्कली डाक्टर पक्राउ

 पुष १३, २०८१ शनिबार ७:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – उपचारको बहानामा बिरामीको घर पुगर लुटपाट गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्काे बस्ने ३० वर्षीय डा. आलोक भन्ने जीतेन्द्र मण्डल रहेका प्रहरीले जनाएको छ । मण्डललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको हो ।

उनको साथबाट ५९ हजार तीन सय ६० रुपैयाँ र मोबाइल तीन थान बरामद गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए । उपचारका नाममा उनले बिरामीलाई बेहोश हुने औषधि खुवाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेका प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर मण्डललाई अनुसन्धान एवम कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया