अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुसी समकक्षी पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह

 चैत २, २०८१ शनिबार ९:४७:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सेनालाई जोगाउन आग्रह गर्नुभएको छ ।

उहाँले दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको डरलाग्दो अवस्था देखेको भन्दै युक्रेनी सैनिकको ज्यान बचाउन आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निरन्तर छलफल भएको र युद्ध अन्त्यका लागि धेरै राम्रो सम्भावना देखिएको ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।

अमेरिका र  युक्रेनबीच हालै ३० दिने युद्धविरामको योजनाबारे छलफल भएको थियो । लगत्तै ट्रम्पका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गर्नुभएको छ । पुटिनसँग वार्तापछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो ।    
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया