नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - एभरेष्ट प्रिमियर लिगमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हरायो । विराटनगरको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेल पनि खाता खोल्न नपाउदै आउट भए ।
जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो । ललितपुरको कमजोर पारीलाई सम्हाल्न खोजेको सन्नी पटेलले पाँचौ विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ३४ रनको साझेदारी गरेका थिए । तर पटेल १९ रनमा पारसले पेभेलियनको बाटो देखाएपछि ७३ रनमा गुमाएको ललितपुरले ९७ रनमा ललितपुरले सात विकेट खेर फाल्यो ।
ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट मात्र एक रनले चुके । उनलाई करण केसीले आउट गर्नु अघि तीन चौका र दुई छक्काको मद्दतले ४९ रनमा आउट भए । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल मर्वेले दुई दुई विकेट लिए ।
एक सय ५ रनको लक्ष्य पछ्याएको विराटनगरले एक बल बाँकी छँदा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो । १९ रनमा पहिलो विकेट गुमाएको विराटनगरले ३१ रन बनाउँदा २ विकेट खेर फाल्यो । अनिलकुमार शाहले ११ रन बनाए भने पारस खड्का दुई रनमा पेभेलियन फर्किए ।
लगत्तै स्मीत पटेल पनि एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तीन विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भएको विराटनगरको पारीलाई करण केसीले एक्लै सम्हाले ।
७३ रन जोड्दा ७ विकेट गुमाएको विराटनगरका करण केसीले विस्फोटक ब्याटिङ गरेपछि विराटनगरले जित निकाल्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोका करणले छक्का प्रहार गर्दै टिमलाई जितलाई सहज बनाए ।
उनले १९ बलमा एक बलमा एक चौका र ३ छक्का प्रहार गर्दै अविजित ३६ रन बनाए ।
बलिङतर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।