इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्यो
फागुन २६, २०८१ सोमबार
सल्यान – भर्याङबाट लडेर सल्यानमा एक युवकको ज्यान गएको छ । जाजरकोट भेरिगंगा नगरपालिका वडा नम्बर ११ घर भई अहिले सल्यान त्रिवेणी गाउँपालिका –३ लुहाम बजारमा बस्दै आएका २७ वर्षीय शक्ति बहादुर विकको आइतबार भ¥याङबाट लडेर ज्यान गएको हो ।
सल्यानमा श्रमिक काम गर्दै आएका विक शनिबार राति १२ बजेतिर शौचालय जाने क्रममा भर्याङबाट लडेर गम्भीर घाइते भएका थिए । विकको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याउँदै गर्दा दिउँसो २ बजेतिर निधन भएको हो ।
विकको जिल्ला अस्पतालमा सोमबार पोष्टमार्टम गरेपछि परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी उपरीक्षक गिरिराज भण्डारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।