परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
इजरायलले गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गरेकाे छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई ५९ जना बन्धकको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत् निगमलाई गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताउनुभएको छ ।
गएको हप्ता इजरायलले गाजा क्षेत्रमा राहत सामग्री, तेल र अन्य अत्यावश्यकीय वस्तु लिएर जाने गाडीहरू रोकेको थियो । इजरायलले पानीको आपूर्ति बन्द गर्ने विषयमा पनि सोचिरहेको बताएको छ । हमाससँग भएको युद्धविरामको पहिलो चरण कार्यान्वयन भए पनि दोस्रो चरणमा आइपुग्दा फेरि तनाव शुरू भएको छ ।
युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा गरेको हमासले दोस्रो चरण शुरू गर्नेबारे वार्ता र छलफल नै नभएको बताउँदै आएको छ । नेपालका विपिन जोशीसहित ५९ जना बन्धककाे रिहाइ अझै अनिश्चित छ । तर इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरू हुने अपेक्षा गरिएको छ ।
युद्धविराम सम्झौतासम्बन्धी वार्ता अगाडि बढाउन इजरायलले आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने भएको छ । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता शुरू गर्ने सम्बन्धमा हमासले पनि सकारात्मक सङ्केत दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।