चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
पर्वत – पर्वतको फलेवास नगरपालिकाले स्याङजा, पर्वत र कास्कीको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र डहरे देउरालीलाई ‘ओपन जू’ (खुल्ला चिडियाखाना) को रुपमा प्रबर्द्धन गर्ने तयारी गरेको छ ।
समुद्री सतहबाट दुई हजार दुई सय ५९ मिटरको उचाइमा रहेको डहरे देउरालीलाई फलेवास नगरपालिकाले पर्यटकीय र धार्मिक महत्व समेत प्रबद्र्धन हुने गरी ‘ओपन जू’का रुपमा विकास गर्ने भएको हो ।
नगरपालिकाले गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई प्राथमिकता दिई वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ्ग उडान, डहरेमा अवस्थित मन्दिरको प्रबद्र्धनलगायतका कार्यक्रमहरु सञ्चालन गरेको छ ।
नगर प्रमुख पदमपाणि शर्माले विस्तृत योजना सर्बेक्षण कार्य भइरहेको बताउँदै उक्त क्षेत्रलाई फलेवास नगरपालिका मात्रै नभई पर्वत जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
विभिन्न हिमश्रृङखला, सूर्योदयको अवलोकनका लागि उपयुक्त स्थानका रुपमा मानिएको छ भने धार्मिक दृष्टिकोणले समेत यस क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिने गरिएको छ ।
डहरे देउरालीमा हरिबोधनी एकादशी, हरिसयनी एकादशी, बालाचतुर्दशी, चैते दसैँ र महानवमीमा मेला लाग्दै आएको छ । गएका वर्षहरुमा स्याङजातर्फको बयले र पर्वत तर्फको कार्कीनेटाबाट घण्टौं समय हिँडेर पुग्नुपर्ने यो ठाउँमा यसवर्ष भने डहरे क्षेत्र नजिकैसम्म ग्रामिण सडकको पहुँच पुगेपछि यहाँ पुग्ने तिर्थालु तथा पर्यटकहरुको संख्या बढ्दै गएको मोक्षद्वारी बाल सिद्ध योग आश्रम सञ्चालक समिति डहरेका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
उहाँले त्यो ठाउँ नेपाल सरकारले सार्वजनिक गरेको एक सय गन्तव्यमा पर्न नसकेको भन्दै गुनासो समेत गर्नुभयो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े धवलागिरीलगायत हिमशृङ्खलासहित बाग्लुङबजार, पर्वतको सदरमुकाम कुस्माबजार, कार्कीनेटा, स्याङ्जा, पर्वत र कास्कीको सङ्गमस्थल पञ्चासे, आरुचौर, रापाकोट तथा कास्कीकै पुम्दीभुम्दीमा रहेको विश्व शान्ति स्तूपा, पोखराका केही भागको अवलोकन गर्न पाइन्छ ।
हिँड्न सक्ने व्यक्तिका लागि पनि छुट्टै पदमार्गहरु बनेका छन । यहाँ पुग्न नेपालकै पहिलो होमस्टे गाउँ सिरुवारीबाट दुई घण्टा र पर्वतको कार्कीनेटाबाट १ घण्टा पदयात्रा गर्दै यहाँ पुग्न सकिन्छ । यहाँ नपुग्दै बाघको पाइला भन्ने स्थानले पनि पर्यटकहरु लोभिने गरेका छन् । बाघको पाइला जस्तै ढुंगामा भएको आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।
बालाचतुर्दशीका दिन यहाँ स्थानीय हस्तकलाका सामान, कृषि पेशामा प्रयोग हुने औजार, डोका, नाम्लाका साथै स्थानीयस्तरमा उत्पादित फलफूलको अत्यधिक व्यापार हुने गरेका छ । डहरे देउरालीको शिर र सँगै रहेको अर्को डाँडा (बीचमा लगभग ५०० मिटर दूरी रहेको)लाई जोड्ने गरी बालाचतुर्दशीका दिन तोरण टाँग्ने प्रचलन छ । तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
फलेवास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटीका निर्माणसँगै डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ्ग उडान गर्ने गरी सम्भाव्यता अध्ययन समेत गरेको छ । बिहीबार कस्मिक प्याराग्लाइडिङ्ग पोखरा र नगर कार्यपालिकाको संयुक्त टोलीले प्याराग्लाइडिङ्गका लागि स्थान अवलोकन गरेको मंसिर महिनाभित्रै उडान भर्ने गरी अध्ययन भइरहेको प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।