राम र जानकीको मटकोर सम्पन्न, भोलि विवाह

 मंसिर २५, २०७५ मंगलबार २०:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

धनुषा – सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौ दिन मंगलबार जानकीको मटकोर सम्पन्न भएको छ ।

विवाह पञ्चमीमको पूर्व सन्ध्यामा मंगलबार साँझ धार्मिक तथा ऐतिहासिक जनकपुरको गंगासागरमा राम र जानकीको मटकोर गरिएको हो । विवाहका लागि वेदी बनाउन पूर्व सन्ध्यामा गंगासागरबाट माटो ल्याउने विधिलाई मटकोर भनिन्छ ।

मटकोर गर्न जानकी मन्दिरबाट जानकीको प्रतिकात्मक स्वरुप बनाएर बाजागाजा र झाँकी किर्तनसहित डोला निस्किेर तिहासिक गंगासागर पुगेको थियो । त्यहाँबाट वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक माटो जानकी मन्दिर ल्याएर वेदी तयार गरिन्छ ।

भोलि छैटौं दिन राम र जानकीको विवाह धुमधामसँग सम्पन्न हुने छ । दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राममन्दिरबाट रामको डोला निस्केर बाह्रबिघा मैदानमा सोयम्बर हुने छ भने साँझ जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार रातभरि विवाहको कार्यक्रम चल्ने छ ।

यसअघि विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिल्कोत्सव कार्यक्रम सम्पन्न भइसकेको छ । भोलि विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी समेत सहभागी हुने कार्यक्रम रहेकाले यसपटक श्रद्धालुभक्तजनको भीड बढी देखिएको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया