धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
पाल्पा – सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा चारजना घाइते भएका छन् । पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको ज्यान गएको हो ।
चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै ज्यान गएको घटनास्थलमा पुग्नुभएका पूर्वखोला गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।
वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो । घाइते देवसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जीप भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् । घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।