आफ्नो देशको बढ्दो रक्षा बजेटमा चिनियाँ अधिकारीको समर्थन
फागुन २६, २०८१ सोमबार
धनकुटा – ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन धनकुटाका एक बुबाआमाले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
गएको ३ महिनादेखि क्यान्सर भएका शहीदभूमि गाउँपालिका–३, तेली टोलका ११ वर्षीय सरोज राईको उपचारमा समस्या भएपछि उनका बुबाआमाले सहयोगको अपिल गरेका हुन् । उनको उपचारका लागि डाक्टरहरुले २० लाख रुपैयाँ आवश्यक पर्ने बताएपछि आमा सरिना र बुबा छत्र राईले सहयोगको लागि अपिल गरेका छन् ।
छोरा बिरामी भएपछि सुरुमा नोबेल मेडिकल कलेज विराटनगरमा उपचार गरिएको र अहिले ब्लड क्यान्सरको भएको पुष्टि भएपछि थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजानको लागि तयारी गरिएको बालकका बुबा छत्र राईले बताउनुभयो । विद्यालयको १६ हजार सहयोगसहित हालसम्म २ लाख ५० हजार रकम सकिएको र थप उपचारका लागि आर्थिक अभाव भएको उहाँले बताउनुभयो ।
स्थानीय जालापादेवी आधारभूत प्राविमा कक्षा–६, मा अध्यायनरत राईलाई हिँड्न नसक्ने, ज्वरो निको नहुने र नाक, मुखबाट रगत बग्ने भएपछि ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । कृषि पेशामा आबद्ध उनीहरुसँग कुनै आम्दानीको श्रोत नभएकाले आफ्नो एक मात्र छोरा बचाइदिन राई दम्पत्तीले सबैलाई आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।