अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाडाैं – नेपाल इञ्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको चुनावको केही ठाउँको नतिजा सार्वजनिक भएको छ । प्रदेशस्तरको नतिजा अनुसार प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशको नतिजा आइसकेको छ ।
प्रदेश नम्बर १ बाट प्रदेश केन्द्रीय कार्यकारी समितिका सभापतिमा एसवन्त विक्रम शाह, प्रदेश ५ बाट कुसुम ज्ञवाली र प्रदेश ७ बाट लब जोशी विजयी हुनुभएको छ । ४ नम्बर प्रदेशको भने मतगणना भइरहेको छ । अब ३ नम्बर प्रदेश र ६ नम्बर प्रदेशको गणना हुन बाँकी छ ।
यसैबीच केन्द्रीय कार्य समिति र ३ नम्बर प्रदेशको मतगणना भने अबको २, ३ घण्टाभित्र सुरु हुने नेपाल इञ्जिनियर्स एसोसियसनका निवर्तमान अध्यक्ष हरेराम श्रेष्ठले बताउनुभयो । उहाँका अनुासर देशभर विभिन्न पदका लागि १ सय ५ जना निर्वाचित हुनेछन् ।
हरेक प्रदेशबाट १६ जना निर्वाचन हुनेछन् । १६ जनाबाट १ जना केन्द्रीय कार्यकारीमा छानिनेछन् । केन्द्रीय कार्यकारी समितिमा भने जम्मा २५ हुनेछन् । जसमा केन्द्रमा प्रत्यक्ष निर्वाचित १८ जना र ७ वटा प्रदेशबाट १,१ जना गरी २५ जनाको केन्द्रीय समिति हुनेछ ।
२, ३ घण्टामा गणना सुरु भएमा बेलुकासम्म सबै ठाउँको नजिता आइसक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । शुक्रबार ३२ औँ कार्यकारिणी समितिको निर्वाचन भएको थियो । चुनावमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूह प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा प्रगतिशीलबाट प्राध्यापक डा. त्रिरत्न बज्राचार्य र प्रजातान्त्रिकबाट हीरण्यमान प्रधान चुनाव लड्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।