धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
पाल्पा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक हुनुको विकल्प नभएको बताउनुभएको छ ।
देश शान्ति र समृद्धिको संकल्पका साथ अगाडि बढेको बताउँदै प्रचण्डले देशको विकासका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको दाबी गर्नुभयो ।
पूर्वी पाल्पाको पहिलो माध्यमिक विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालय रामपुरको स्वर्ण जयन्ती समारोहको उट्घाटन गर्दै प्रचण्डले दशक–दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै राजनीतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा बिताउने संकल्प गरेको जिकिर गर्नुभयो ।
प्रचण्डले अब देश शान्ति र समृद्धितर्फ अगाडि बढेको र वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको दाबी गर्नुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकोले यसको कालोपत्रेका लागि तीव्रता दिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।