पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गएको चुनावमा पराजित हुनुका धेरै कारणमध्ये प्रमुख कारण कांग्रेससँगको तालमेल पनि भएको बताउनुभएको छ ।
राप्रपा ५ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले गत निर्वाचनमा राप्रपा पराजित हुनुका धेरै कारण मध्ये निर्वाचनमा नेपाली कांग्रेससँग गरिएको तालमेल र सहकार्यमा कांग्रेसबाट धोका भएको बताउनुभयोे । उहाँले राप्रपामा एकता राष्ट्रिय आवश्यकता भए पनि एकताको अलमलमा परेर पार्टी संगठनलाई कमजोर बनाउन नसकिने बताउनुभयो ।
थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रका लागि बहस खुला हुनुपर्ने बताउनुभयो । जबरजस्ती भइरहेको धर्म परिवर्तनलाई रोक्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष थापाले वर्तमान सरकार सबैतिरबाट असफल भइसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेता राजेन्द्र लिङ्देनले राप्रपा एकताका लागि कार्यकर्ताले दबाब दिनुपर्ने बताउनुभयो । राप्रपा नेता ऋषिराज देवकोटाका अनुसार प्रशिक्षणमा प्रदेश ५ का जिल्ला, नगर र गाउँपालिका समितिका अध्यक्ष र सचिव लगायतका नेताको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।