‘जलवायु परिवर्तनले हिमाली क्षेत्रका समुदायमा गम्भीर असर’
चैत १६, २०८० शुक्रबार
सप्तरी – १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई प्ररहीले किशोरी अपहरण गरी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
गएको मङ्सिर २५ गते गाउँघरबाटै यादवले किशोरीलाई ललाइफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यादवविरुद्ध जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।