उप-सचिव सञ्जेलमाथि विराटनगर श्रम कर्यालयका निरीक्षक गोपले लगाए मानहानीको आरोप

 पुष ११, २०७५ बुधबार २०:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – श्रम कार्यालयबाट सरुवा भएका उप-सचिव प्रेमप्रसाद सञ्जेलले पत्रकार सम्मेलन गरेको २ दिन बित्न नपाउँदै त्यसै कार्यालयका मणिनाथ गोपले आफूमाथि लागेकाे आराेपकाे खण्डन गर्नुभएकाे छ ।

चार वर्षसम्म त्यसै कार्यालयमा निमित्त प्रमुख कारखाना निरीक्षकका रुपमा काम गरेका गोपले बुधबार पत्रकार सम्मेलन गरी आफूमाथि लागेको आरोपको खण्डन गर्नुभएको हाे । 

बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोपले आफूलाई सञ्जेलले लगाएको आरोप निराधार रहेको बताउनुभएको हो । श्रम कार्यालयको प्रमुख हुनको लागि १० वटा कानुन जान्नु पर्ने भन्दै उनले त्यो कानुन आफूले मात्र जानेको दाबी गर्नुभयो ।

सञ्जेलले ‘नियम–कानुन एकातिर काम अर्कैतिर’ गरेको भन्दै सेन्टिमेन्टमा नबग्न अनुरोध गर्नुभयो । उहाँले आफूमाथिको आरोप एथार्थ नबुझी गाडी र साइकलको कुरा झिकेर संजेलले आफ्नो मानहानी गरेको बताउनुभयो ।

सञ्जेल आएपछि ठगीको आरोपमा व्यक्तिहरु पक्राउ पर्ने क्रम बढेको विषय पनि गलत भएको उहाँले बताउनुभयो । दर्जनौं ठगी मुद्दामा जबरजस्ती प्रहरीमा मुद्दा दर्ता भएको भन्दै उनीहरुले मानहानीको उजुरी हाल्न सक्ने भन्दै सञ्जेलले गरेको त्यो काम समेत गलत भएको टिप्पणी गर्नुभयोे ।

आफ्नोबारेमा बचाउ गर्दै पत्रकार सम्मेलन गरेका श्रम कार्यालय विराटनगरका कारखाना निरीक्षक गोपले आफू अहिले बसेको कार्यालयमा एक सेकेण्ड पनि बस्ने मन नभएको उहाँको बताउनुभयो ।

गोप यसअघि ४ वर्षदेखि यही कार्यालयमा निमित्त कार्यालय प्रमुखको रुपमा रहँदै आएकोमा सञ्जेल आएपछि उनीहरुबीचमा आन्तरिक टकराव भएको  पाइएको छ ।

पत्रकार सम्मेलनमा ८० हजार निजामती कर्मचारीलाई घुस्याहा र चोर ठानेको भन्दै आक्रोशित भएका कारखाना निरीक्षक गोपले मन्त्री र सचिवको बचाउ गर्नुभएको छ ।  आफूमाथि लागेको आरोप छानबिन गरियोस् भनी आफैँले पत्र लेखेको बताउँदै उहाँले निष्पक्ष छानबिनको समेत माग गर्नुभएको छ ।

संजेलमाथि गोपको आरोप

सञ्जेल कार्यालयमा हाजिर भएपछि आफूले माथिल्लो निकायमा सरुवाको लागि माग गरेको र जिम्मेवारी हस्तान्तरणको  विषयमा मन्त्रालयमा भनिएको, पारिवारिक तथा पैतृक सम्पत्तिको विषयमा नबुझी साइकल र गाडीको कुरा झिकेर मानहानी गरेको, कर्मचारी तथा सेवाग्राहीसँग नियमित तरिकाले अश्लील अपशब्द प्रयोग गर्ने गरेको, करार कर्मचारीको जागिर खाइदिन्छु भन्दै पटक–पटक त्रास दिएको उनकाे आराेप छ ।

सञ्जेलको व्यवहारका कारण २ जना कर्मचारीले राजीनामा दिएको तथा एकजना शाखा अधिकृत राजीनामा दिने मनसायमा रहेको, देशभरका कर्मचारीलाई घुस्याहा भनि आफू मात्र इमान्दार भएको अभिव्यक्तिले दम्भको व्यवहार देखाएको, सामन्त जस्तो व्यवहार शैली निरन्तर प्रस्तुत गर्दै कानुनी अधिकारको सीमा पार पर्दै अधिकार नै नभएको वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाहरुमा समेत पक्राउ पूर्जी जारी गर्ने जस्ता क्रियाकलाप गरेको गोपले लगाएको आरोपमा उल्लेख छ ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Biswash Koirala

    Dec. 27, 2018, 6:56 a.m.

    के हो त्यस्तो चार कानुन? हामी पनि जानौ न।

  •  0 Reply

तपाईको प्रतिक्रिया