भूकम्पको केन्द्रबिन्दुबाट सहुलियत ब्याजदरको कर्जा दिन सुरु

 पुष १५, २०७५ आइतबार १४:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भूकम्प प्रभावितलाई सहुलियत ब्याजदरको ऋण दिन थालिएको छ ।

भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकबाट सहुलियत ब्याजदरको ऋण दिन सुरु गरिएको हो । बारपाक सुलिकोट गाउँपालिकाका पाँचजना भूकम्प प्रभावितले पाँच प्रतिशत ब्याजदरमा ऋण पाएका हुन् ।

सरकारले हालै जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अन्तर्गत तीनजना भूकम्प प्रभावितलाई ५ प्रतिशत ब्याजदरमा घर कर्जा वितरण गरिएको हो ।

घर कर्जा लिनेमा बारपाकका जीतबहादुर सुनार, सन्तबहादुर गुरुङ र सन्तबहादुर गुरुङ पाण्डे रहेका छन् । त्यस्तै परी घले र गगनसिंह सुनारलाई महिला उद्यमी ऋण प्रदान गरिएको हो ।

२०७२ सालको भूकम्पको केन्द्रबिन्दु बारपाकबाट भूकम्प प्रभावितलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्पपिडित कर्जा प्रवाह गर्न सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । एकीकृत सहुलियतपूर्ण कर्जा कार्यविधिमा भूकम्प प्रभावितले सहुलियत ब्याजदरमा तीन लाख रुपैयाँ ऋण लिन सक्ने उल्लेख छ ।

यो व्यवस्था अनुसार ऋण प्रवाह गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अघिल्लो महिना नै निर्देशन जारी गरिसकेको छ । भूकम्प प्रभावित ३२ जिल्लाका अहिलेसम्म पनि घर बनाउन नसकेका भूकम्प प्रभावितले घर कर्जाको सुविधा लिन सक्नेछन् ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • रत्न बहदुर् सुनार

    Dec. 30, 2018, 5:56 p.m.

    म पनि भुकम्प पिडित हु र मेरो घर् पुर्णक्षतीमा परेको छ पहिलो किस्ता आउनु पर्नेमा दोस्रो किस्ता देखिएकोले अझै पहिलो किस्ता पायेको छैन सरकारको मुख ताकेर बसेको येतिका बर्ष भैसक्दा अहुले सम्म अनुदान दिने भनिएको राहात यका यक ५% ब्याज मा तिन लाख रिण लिन पाउने भनिएको छ अनुदान दिने भनिएको कुरा फेरि के हुने हो ? फेरि रिन लिने प्रकृया चै के कसोरि हो ? प्रस्ट परिदिए रिण लिएर भएपनि बास बनाउने थिए ! रत्न बहदुर् सुनार जैमिनि-०८ छिस्ति बाग्लुङ सम्झौता क्र स ४५-१६-८-९-००१ फोन न ९८४७६१३९९८

  •  0 Reply

तपाईको प्रतिक्रिया